नेपाल मगर सांस्कृतिक संघ र नेपाल मगर विद्यार्थी संघ चितवनको आयोजनामा २४ औं अरुण स्मृति साँझ

images
  • 824
    SHARES
  • श्रावण ६, २०८० शनिबार
    नेपाल मगर सांस्कृतिक संघ र नेपाल मगर विद्यार्थी संघ चितवनको आयोजनामा २४ औं अरुण स्मृति साँझ
    images

    चितवन,

    नेपाली आधुनिक गीतका लोकप्रिय र चर्चित कृतिशेष गायक अरुण थापाको चौबीसौं स्मृति दिवसको अवसरमा नेपाल मगर सांस्कृतिक संघ र नेपाल मगर विद्यार्थी संघ चितवनको संयुक्त आयोजनामा स्वर्गीय गायक अरूण थापामगरको स्मृतिमा ‘अरूण स्मृति साँझ’ नारायणगढको सहिदचोकस्थित नारायणी रोधीं घरमा हिजो शुक्रबार सम्पन्न भएको छ।362889647_309075994883081_5358438215142084530_n.jpg

    उक्त कार्यक्रममा गायक अरुण थापाका लोकप्रिय गीतहरू -ॠतुहरुमा तिमि, ‘जति माया लाए पनि’, ‘यो मनको के भर हुन्छ’, ‘चोट के हो, व्यथा के हो’, ‘आँखाको निद चोरी लाने’, ‘दुई दिनको जीवन’ ‘भुलूँभुलूँ लाग्यो’ लगायतका गितहरु कलाकार बिजय लामा,जन्जिर थापामगर,सन्तोष सुनार,रमेश रानामगर र निश्चल थापामगर लगायत कलाकारहरुले प्रस्तुत गरेका थिए।362293013_714137150519192_4871250155585230371_n.jpg

    कार्यक्रममा नेपाल मगर विद्यार्थी संघ चितवनका अध्यक्ष मिलान पाटामगरले स्वागत मन्तव्य दिएको थियो भने नेपाल मगर विद्यार्थी संघ चितवनका पुर्व अध्यक्ष निर्मल रानामगरले गायक अरूण थापाको जीवन र सांगीतिक योगदानको चर्चा गरेका थिए।

    356795129_607679408100567_6030564823688139058_n.jpgकार्यक्रममा प्रमुख अतिथि नेपाल मगर संघ बागमती प्रदेशका अध्यक्ष मिलन थापामगरले भने, “अरुण थापा देशकै गहना हुन्, देशकै सम्पत्ति हुन्, त्यसमाथि पनि अरुण थापा हामी गीत, सङ्गीतका क्षेत्रमा लाग्नेको मनमनमा रहनुहुन्छ,। साथै प्रमुख अतिथि मगरले यो वर्ष साँस्कृतिक संघ र विद्यार्थी संघले संयुक्तरूपमा कार्यक्रम गरेको धन्यवाद समेत थिए।

    साझा ६ बजेदेखि बेलुकी ९ बजेसम्म चलेको कार्यक्रममा दर्शकलाई प्रवेश निःशुल्क गरिएको थियो। नेपाली सुगम संगीतलाई जीवन्त राखी नयाँ पुस्तामा पुस्तान्तरण गर्नु कार्यक्रमको उद्देश्य भएकाले गायक अरुण थापाको २४ औं स्मृति दिवसको अवसरमा अरुण थापा स्मृति साँझ-२०८० आयोजना गरिएको नेपाल मगर सांस्कृतिक संघ चितवनका अध्यक्ष प्रेम कुमारी आलेमगरले बताए। अध्यक्ष मगरले गायक स्व. अरुण थापालाई जीवन्त राख्न यस्ता कार्यक्रमले सघाउने समेत बताए। वि.सं. २००९ साल माघ २१ गते जन्मिएका गायक थापाको २०५६ साल साउन ५ गते निधन भएको थियो ।356848293_628133032624437_6083008534844339106_n.jpg362903786_289431910405792_1009476061604490407_n.jpg

    Copyright © All right reserved to Bihanimedia Site By: SobizTrend