काठमाडौमा पहिलो अल्टिमा एक्सचेन्ज मेला हुँदै, पुरानो इयरफोनसँग नयाँ अल्टिमा एटम ८२० साट्न पाइने

images
  • 358
    SHARES
  • श्रावण ३०, २०८० मंगलबार
    काठमाडौमा पहिलो अल्टिमा एक्सचेन्ज मेला हुँदै, पुरानो इयरफोनसँग नयाँ अल्टिमा एटम ८२० साट्न पाइने
    images

    काठमाडौं साउन २३,। वेयरेवल एसेसरिज ९पहिरन वस्तु नेपाली उत्पादक अल्टिमा लाइफ स्टाइलले अल्टिमा एक्सचेन्ज मेला आयोजना गर्ने भएको छ । यो उदयमान नेपाली ब्रान्डले आफ्नो ग्राउन्ड ब्रेकिङ अन्तर्गत मेला आयोजना गर्न लागेको हो । 

    अल्टिमाले अडियोपे्रमीका लागि आयोजना गर्ने दुईदिने महोत्सवमा लामो समयदेखिका प्रशंसक र नयाँ आगमनहरू दुवैले संगीत र ध्वनिप्रतिको उत्साह र आनन्द लिन सक्ने जनाइएको छ ।
    सुन्धारामा रहेको सिभिल मलको पहिलो तलामा र न्युरोडमा रहेको हुकुट स्टोरमा साउन २६ र २७ गते हुने मेलामा अल्टिमाले ग्राहकलाई आफ्ना पुराना वायर भएका इयरफोन र अडियो उपकरणहरू नयाँ अत्याधुनिक प्रविधियुक्त इयरफोन अल्टिमा एटम ८२० सँग साट्न प्रोत्साहित गर्ने जनाइएको छ ।

    कम्पनीले टप अफ द लाइन टु वायरलेस स्टेरियो टिडब्लुएस एक हजार दुई सय रुपैयाँमा उपलब्ध रहेको र यो अडियोमा आधुनिकीकरण अनुभव गर्ने अवसर रहेको कम्पनीको दाबी छ । 

    अल्टिमा एटम ८२० मा २४ घन्टाको ब्याट्री लाइफ, इमर्सिभ १३ एमएमबास बुस्टेड अडियो पर्यावरणीय आवाज निराकरण र वायरलेस अडियो अनुभव लिन सकिने कम्पनीले जनाएको छ । 

    Copyright © All right reserved to Bihanimedia Site By: SobizTrend