विमलप्रसाद श्रीवास्तवचिनी मिल र कृषि औजार कारखाना स्थापना गर्नुस

images
  • 101
    SHARES
  • जेठ १८, २०७९ बुधबार
    विमलप्रसाद श्रीवास्तवचिनी मिल र कृषि औजार कारखाना स्थापना गर्नुस
    images

    काठमाडौँ 

    लोकतान्त्रिक समाजवादी पार्टीका सांसद विमलप्रसाद श्रीवास्तवले वीरगञ्जमा चिनी मिल र कृषि औजार कारखाना खुल्छ भने आफ्नो घर बेचेर भएपनि सरकारलाई सहयोग गर्ने जानकारी दिएका छन् ।

    gfgb.jpg

     

    प्रतिनिधिसभाको आजको बैठकमा अर्थमन्त्री जनार्दन शर्माले पेश गरेकाे आगामी आव २०७९/८० को बजेटअन्तर्गत राजस्व र व्ययको वार्षिक अनुमानमाथिको सामान्य छलफलमा भाग लिँदै उनले ती उद्योग सञ्चालनका लागि आवश्यक सहयोग उपलब्ध गराउने जानकारी गराए । 

    “यस वर्ष वीरगञ्जमा कृषि औजार कारखाना र चिनी मिल सञ्चालन हुन्छ भने मेरो नामको एउटा घर छ, त्यो घर या त सरकारको नाममा पास गर्छु, नभए घर बेचेरै भए पनि एक वा डेढ करोड जति हुन्छ, बेचेर व्यक्तिगत रुपमा सहयोग गर्न तयार छु” उनले बजेटमाथिको छलफलमा भाग लिँदै भने । 

    उनले वीरगञ्जमा चिनी मिल खुलेमा बारा, पर्सा, रौतहटलगायत जिल्लाका हजारौँ मानिसलाई रोजगारी प्राप्त हुने र कृर्षि औजार कारखानाबाट मुलुकभरका किसानलाई कृषि औजार उपलब्ध हुने भएकाले छिटो सञ्चालन गर्न माग गरे । उनले बजेटमा कतिपय राम्रा कुरा रहे पनि कार्यान्वयन चुनौतीपूर्ण रहेको पनि बताए ।

    सरकारले १० कुरामा आयात नगर्ने भन्ने निर्णय गरेको तर आत्मनिर्भर भएको बिस्कुट र साबुनमा जस्ता वस्तुमा आयात रोक्ने कुरामा ध्यान जान आवश्यक रहेकोमा जोड दिँदै उनले  आत्मनिर्भर रहेका वस्तुको आयात रोक्न पनि आग्रह गरे । 

    Copyright © All right reserved to Bihanimedia Site By: SobizTrend