प्रचण्डको दाबी : ‘राष्ट्रिय तथा अन्तर्राष्ट्रिय प्रतिगामी, प्रति क्रान्तिकारीहरु प्रचण्ड हराउने र माओवादी सिध्याउने अभियानमा छन्’

images
  • 128
    SHARES
  • कार्तिक १८, २०७८ बिहीबार
    प्रचण्डको दाबी : ‘राष्ट्रिय तथा अन्तर्राष्ट्रिय प्रतिगामी, प्रति क्रान्तिकारीहरु प्रचण्ड हराउने र माओवादी सिध्याउने अभियानमा छन्’
    images

    काठमाडौं : नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रतिक्रियावादी माओवादीलाई कमजोर नपारेसम्म देशले सुख नपाउने भन्दै लागिपरेको दाबी गरेका छन्। बिहीबार बिहान ललितपुरमा आयोजित शुभकामना आदानप्रदान कार्यक्रममा बोल्दै उनले माओवादी बिना जनताले सुख नपाउने भएकाले माओवादी बलियो हुनुपर्ने आफूहरुले चाहेको बताएका हुन्।safe_image.jfif

    उनले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय प्रतिगामी / प्रतिक्रान्तिकारीहरु प्रचण्ड सिद्धाउने अभियानमा लागेको स्पष्ट पारे। उनले भने ‘प्रतिगामीहरु टाग्रेट चाहिँ फेरि माओवादी केन्द्र सिध्याउन, प्रचण्ड सिध्याउने अभियानमा छन्, उनीहरुको उद्देश्य अरु छैन । ’ प्रचण्डले भने,  ‘अनौठो लाग्न सक्छ, अन्तर्राष्ट्रिय प्रतिक्रियावादी, राष्ट्रिय प्रतिक्रियावादी पनि सबै मिलेर प्रचण्ड हराउने अभियानमा छन्।’

    उनले व्यक्तिगत रुपमा हारजितसँग कुनै सरोकार नभएकाले नेपाली जनता र राष्ट्रले जित्नुपर्ने बताए। प्रचण्डले जनताका अगाडि प्रतिगमनकारी पराजित हुने स्पष्ट पारे।

    उनले देशभरी माओवादीका संगठनले गति दिन थालेको बताए। उनले जनतामा उभार आउन थालेकाले प्रतिक्रियावादी  भित्रभित्र आत्तिन थालेको बताए। उनले नयाँ संकल्प र एकतासहित अगाडि बढ्दा आउने चुनावमा माओवादी देशको नेतृत्व लिने ठाउँमा पुग्ने बताए।  

    Copyright © All right reserved to Bihanimedia Site By: SobizTrend