देवघाटको झलुङ्गे पुलकोमुख क्षेत्र वरिपरि ५ वडा समितिद्वारा अनुगमन

images
  • 788
    SHARES
  • श्रावण १८, २०८० बिहीबार
    देवघाटको झलुङ्गे पुलकोमुख क्षेत्र वरिपरि ५ वडा समितिद्वारा अनुगमन
    images

    देवघाट करिस्मा गुरुङ

    देवघाट गाउँपालिका वडा नम्बर ५ समितिद्वारा देवघाटको पुल क्षेत्रमा अनुगमन गरिएको छ । आज वडा अध्यक्ष पूर्ण बहादुर कुँवर सहितको टोलीले देवघाट पुलको मुखक्षेत्र अनुगमन गरेका हुन् ।

    364622118_955249305535704_2503517828600724179_n.jpg

    हरेक वर्षको साउन महिनामा देवघाटमा बोलबम मेला लाग्ने गर्दछ सोहि बोलबम मेलाको अवसरमा देवघाटको पुलको मुखमा राख्दै आएको पसलहरू व्यवस्थित नभएपछि आज वडाको टोलि अनुगमनमा गएको वडा नम्बर ५ अध्यक्ष पूर्ण बहादुर कुँवरले बताए । सो अनुगमनको क्रममा अध्यक्ष कुँवरले बोलबम मेलामा देवघाटमा लाखौं भक्तजनहरू भित्रिने गर्ने हुदाँ पुलको मुखमा राखिएको पसलहरू बाटोकै नजिक छ त्यसले तिर्थालु भक्तजनहरूलाई दोहोरो आवतजावत गर्न असहज भएको हुदाँ त्यसलाई व्यवस्थित गर्न व्यवसायहरुलाई सल्लाह,सुझाव दिन आज वडाको टोली सो स्थान गएको बताए।

    364541473_821278029535470_5946524137711840830_n.jpg

    देवघाट प्रवेश झोलुङ्गे पुल क्षेत्रमा सुरक्षा निगरानीका लागि राखिएको सिसि टीभि क्यामेरालाई बाटोमा भएको रूखको हाँगाले छेकीएर सिसि टिभीले बाटोको दृश्य समेत नदेखिएको हुनाले सो निभाराको रूखको सानो सानो हाँगा पन्छाएको कुँवरले जानकारी दिए । सो अनुगमनमा वडा अध्यक्ष सहित वडा सदस्य कमला गुरुङ, सरस्वती परियार,बुद्धि बहादुर पाण्डे,याम बहादुर मगर सहितको टोलीले अनुगमन गरेका थिए ।

    364669422_1014580152867276_8609381362068525118_n.jpg

    Copyright © All right reserved to Bihanimedia Site By: SobizTrend