करिश्मा गुरुङ देवघाट साउन २६
प्रतिनिधि सभाका सांसद डा.स्वर्णिम वाग्लेले मतदाताहरूले गर्व गर्न लाएक संसद बनेर देखाउने प्रतिवद्वता गरेका छन् । आज गाउँपालिकामा आयोजित एक अन्तरक्रिया कार्यक्रममा मन्तव्य दिदै माननीय वाग्लेले पाँच वर्षभित्रमा आफुलाई अमुल्य मतदान गरेका देवघाट लगाएत अन्य स्थानिय तहका मतदाताले सोचेको जस्तो सांसद बनेर देखाउने भनेका हुन् ।

सोही अवसरमा वाग्लेले विकास निर्माणको सवालमा देवघाट गाउँपालिकासँग समन्वय र सहकार्य गरेर अगाडि बढ्ने बताउदै संसदमा तनहुँलाई विषेश प्राथमिकताका साथ सम्बोधन गरेको समेत जानकारी गराए ।माननीय डा. वाग्लेले रास्वपाको लक्ष्य छोटो समयमा नेपाललाई फड्को मार्नेतर्फ लैजाने हो भन्दै विकास निर्माणका विषयमा कुनै पनि दल नभनि अगाडि बढ्न देवघाट गाउँपालिकालाई अनुरोध समेत गरेका थिए । संघीय सरकार र स्थानीय तहको समन्वय बिना कुनै पनि योजना सार्थक नहुने माननीय डा. वाग्लेको भनाई छ । देवघाटमा राष्ट्रिय गौरबको आयोजना ल्याउने र देवघाटलाई धार्मिक पर्यटनको केन्द्र बनाउने बारेमा आफुले पहल गर्ने सांसद वाग्लेले बताए । 
यस वर्षलाई रास्वपाले तयारी वर्षको रूपमा लिएको छ अर्को वर्षबाट तयारीका साथ देखिन लाएकका काम गर्ने वाग्लेले आस्वासन दिए । साथै देवघाटसँग भावनात्मक सम्बन्ध रहेको बताउदै देवघाटको धेरै मायाँ छ अब देवघाटलाई विकासको मुखतिर उन्मुख गर्न आफु सदैब लागि पर्ने बताए । देवघाट गाउँपालिकाका अध्यक्ष तिलबहादुर थापाको अध्यक्षता भएको सो कार्यक्रममा बोल्दै देवघाटलाई धार्मिक पर्यटनको केन्द्र बनाउने गरि कार्यक्रम र बजेट ल्याउन माननीय डा. वाग्लेसँग अनुरोध गरेका थिए । अध्यक्ष थापाले विकास निर्माणको काममा कुनै पार्टी नभनि अगाडि बढ्नुपर्ने बताउदै देवघाटमा भौगोलिक हिसाबले पहाडी भेग अलि बढि भएको हुदाँ सोही अनुरूप हेर्न आग्रह समेत गरेका थिए । सो कार्यक्रममा देवघाट गाउँपालिकाका उपाध्यक्ष भुवन सिंह गुरूङले देवघाट गाउँपालिकाको विकास निर्माणका विषयमा कुरा राखेका थिए।

सो कार्यक्रममा देवघाट गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत रमेश सुवेदी,देवघाट गाउँपालिका प्रवक्ता एवम् वडा नम्बर ५ अध्यक्ष पुर्णबहादुर कुँवर,वडा नम्बर ५ सदस्य कमला गुरूङ,सरस्वती परियार,बुद्वि बहादुर पाण्डे,याम बहादुर मगर,नेकपा एमाले देवघाट गाउँ कमिटी अध्यक्ष केशव चन्द्र न्यौपाने,नेपाली काङ्ग्रेस देवघाटका उपसभापति पुरूस्वतम शर्मा पण्डित लगाएत बुद्धिजीवी व्यक्तिहरूको सहभागिता रहेको थियो ।



