प्रतिमा खत्री तनहुँ,
नेपाल शिक्षक महासंघ केन्द्रीय कार्यसमितिको निणर्य अनुसार देशका सबै पालिकाहरुमा हक हितका लागी नेपाल शिक्षक महासंघ र सरकार बिच भएको ३० बुदे र ५१ बुदे सहमति कार्यान्वयनका लागि देशै भरीका पालिकामा धर्ना तथा ज्ञापनपत्र बुझाएका छन्। सो क्रममा आज नेपाल शिक्षक महासंघ तनहुँका सदस्य एवं देवघाटका पालिका संयोजक वैकुण्ठ भट्टराईको नेतृत्वमा देवघाट गाउँपालिकामा पालिका प्रमुख प्रशासकीय अधिकृत रमेश सुवेदीलाई ज्ञापनपत्र बुझाएका थिए।
नेपाल शिक्षक महासंघ तनहुँका सदस्य एवं देवघाटका पालिका संयोजक वैकुण्ठ भट्टराईले नेपाल शिक्षक महासंघ केन्द्रीय निर्णय अनुसार देशको सवै पालिकाहरुमा पेशागत हक हितका लागि शिक्षक महासंघ र सरकार बीच भएको ३० बुदे र ५१ बुदे सहमति कार्यान्वयन गरी शिक्षकहरुले राखेको मागको सम्बोधन हुनुपर्ने बताए। साथै कार्यक्रममा शिक्षक केसव काफ्लेले देशका सबै क्षेत्रमा शिक्षकहरुको महत्वपूर्ण भूमिका रहने हुदा शिक्षा जस्तो कुरामा खेलवाड भएको आपत्ति जनाउदै, उनले भने अहिले आएको शिक्षा एेन मस्यौदा तयार नगरी सरोकारवालाहरु संग कुनै सर सल्लाह नगरी ल्याएकोमा गुनासो समेत गरेका थिए।
नेपाल शिक्षक महासंघले यहीँ मिती २०८० साउन २६ गते देखि सुरु गरिएको धर्ना कर्यक्रममा आज २८ गते देशका सवै पालिकामा ज्ञापनपत्र बुझाएका छन। सो कार्यक्रममा जिल्ला समन्वय समितिका तनहुँका प्रमुख शान्तिरमण वाग्ले,देवघाट गाउँपालिका अध्यक्ष तिल बहादुर थापामगर र पालिका शिक्षा शाखा प्रमुख होमनाथ लामिछाने लगायतको उपस्थिति रहेको थियो।








