कांग्रेस केन्द्रीय कार्यसमिति बैठक आज, महाधिवेशनको कार्यतालिका अनुमाेदन हुने

images
  • 182
    SHARES
  • कार्तिक २८, २०७८ आइतबार
    कांग्रेस केन्द्रीय कार्यसमिति बैठक आज, महाधिवेशनको कार्यतालिका अनुमाेदन हुने
    images

    काठमाडौं, २८ कात्तिक । सत्तासीन नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक आज आइतबार बस्दैछ । पार्टी केन्द्रीय कार्यालय वीपी स्मृति भवनमा दिउँसो १ बजेका लागि बैठक बोलाइएको कांग्रेसका मुख्य सचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए ।

    2.jpg

    बैठकले पार्टीको आसन्न १४औँ महाधिवेशनको कार्यतालिका अनुमोदन गर्नेछ । शनिबारको पदाधिकारी बैठकले कार्यतालिका तय गरेको थियो । कांग्रेसको महाधिवेशन २४ देखि २६ मंसिरका लागि काठमाडौंमा तय भइसकेको छ । 

    बैठकमा केन्द्रीय कार्यसमितिका पदाधिकारी, केन्द्रीय सदस्य तथा आमन्त्रित केन्द्रीय सदस्यको सहभागिता रहनेछ ।

    आजको बैठकमा भातृ संस्थाबाट हुने प्रतिनिधित्व र विदेशस्थित जनसम्पर्क समितिका प्रतिनिधित्वलगायत विषयमा पनि छलफल हुने नेताहरूले बताएका छन् ।

     

    Copyright © All right reserved to Bihanimedia Site By: SobizTrend