डा. बाबुराम भट्टराई : अहिलेको सत्ता गठबन्धनले देश र जनताको हित गर्दैन्

images
  • 93
    SHARES
  • जेठ २०, २०७९ शुक्रबार
    डा. बाबुराम भट्टराई : अहिलेको सत्ता गठबन्धनले देश र जनताको हित गर्दैन्
    images

    काठमाडौँ 

    जनता समाजवादी पार्टी नेपालका संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराईले अहिलेको सत्ता गठबन्धनले देश र जनताको हित नगर्ने बताएका छन् ।

    fhf.jpg

     

    सामाजिक सञ्जालमार्फत विचार राख्दै उनले विपरीत वैचारिकको गठबन्धन महत्त्वाकांक्षी व्यक्तिको मोलतोलको साधन मात्र हुने धारणा राखेका हुन्। स्थानीय चुनावमा जस्तै संघ र प्रदेशको निर्वाचनमा पनि पाँचदलीय गठबन्धनलाई निरन्तरता दिने चर्चा चलिरहेका बेला पूर्वप्रधानमन्त्री भट्टराईले ‘विपरीत विचारको गठबन्धन सधैँ हिलोको किलो झैं हल्लिने’ बताएका हुन्।

    ‘विपरित वैचारिक–राजनीतिक धरातलमा उभिएका दलहरूबीच भगत गणितीय आधारमा बन्ने गठबन्धन सधैँ हिलोको किलो झैँ हल्लने र केही महत्त्वाकांक्षी व्यक्तिको मोलतोलको साधन मात्र हुन्छ। त्यसले दीर्घकालमा देश र जनताको हित गर्दैन। दिगो लोकतान्त्रिक स्थीरता, सुशासन, समृद्धिका निम्ति गम्भीर ढंगले विकल्प सोचौं ।’ उनले लेखेका छन् ।

    Copyright © All right reserved to Bihanimedia Site By: SobizTrend