देवघाट मंसिर २१
जाजरकोट र रूकुमको भुकम्प पिडितलाई देवघाटबाट रू. ७ लाख ४६ हजार ८ सय ८१ रूपैयाँ रकम सहयोग पठाइएको छ । सो राहत रकम बिहिवार नेपाल प्रधानमन्त्री दैवीप्रकोप उद्वार कोषमा जम्मा हुने गरि नेपाल बैंकमा जम्मा गरिदिएको हो ।

उक्त राहत देवघाट गाउँपालिकाको विपद कोषबाट रु. पाँच लाख रूपैयाँ,देवघाट गाउँपालिकाको जनप्रतिनिधि तर्फबाट रू. ४४ हजार रूपैयाँ,कर्मचारीबाट ९३ हजार १ सय एक रूपैयाँ, देवघाटधाम जेसीजबाट २५ हजार ५ सय ५५ रूपैयाँ र वडावासीहरू ८४ हजार २ सय २५ रूपैयाँ गरि जम्मा ७ लाख ४६ हजार ८ सय ८१ रूपैयाँ रकम विपद राहत कोषमा जम्मा हुने गरि नेपाल बैंकबाट पठाउने देवघाट गाउँपालिकाका पर्यटन एवं विपद शाखा प्रमुख होम बहादुर भारतीले जानकारी दिनुभयो ।

जाजरकोट केन्द्र बिन्दु भई गत कार्तिक १७ गते राति विनाशकारी भूकम्प गएको थियोे । सोहि क्षेत्रमा ठूलो जनधनको क्षति भएको हुदाँ केही राहत हुन्छ भन्ने उद्देश्यले देवघाट कै विभिन्न सँघसँस्थाहरूसँग समन्वय गर्दै राहत संकलन गरेर जाजरकोट पठाइएको देवघाट गाउँपालिका विपद व्यवस्थापन समिति संयोजक एवं देवघाट गाउँपालिकाका अध्यक्ष तिल बहादुर थापाले बताउनु भयो । साथै अध्यक्ष थापाले राहत रकम जुटाउन अलि समय लागेर राहत बुझाउन केही समय विलम्ब हुन पुगेको जानकारी दिदैँ पालिकाको यो सानो सहयोगले पिडितलाई ठुलो सहयोग पुग्ने बिश्वस समेत लिएको बताउनु भयो ।
सो राहत जाजरकोट पुगेरै बुझाउने मानसिकता भएता पनि राहत दिन जाँदा धेरै दिन लाग्ने र त्यसले पालिकाको काममा असर पर्ने भएको हुदाँ सम्बन्धित ठाउँमा पुगेर राहत वितरण गर्न असमर्थ रहेको कुरा थापाले जानकारी दिनु भएको थियोे । सो राहत देवघाट गाउँपालिकाका अध्यक्ष तिल बहादुर थापा, उपाध्यक्ष भुवन सिं गुरुङ,प्रमुख प्रशासकीय अधिकृत गौरी प्रसाद आचार्य,जनप्रतिनिधिहरु,कार्यालयका शाखा प्रमुखहरु,देवघाटधाम जेसीज तथा स्थानीय पत्रकारहरु सबैको सहकार्यमा सो राहत रकम संकलन गरिएको थियोे ।



