देवघाट मंसिर २६
तनहुँको देवघाटधामको वेणी संगम लगाएत अन्य मन्दिर आसपास सरसफाइ गरिएको छ ।

हिजो बालाचतुर्दशीको अवसरमा फोहोर भएका मुख्य स्थान वेणी संगममा देवघाट गाउँपालिका र देवघाट क्षेत्र विकास समितिको समन्वयमा सरसफाइ गरिएको हो । उक्त सरसफाइ कार्यक्रम पालिकाका पर्यटन शाखा प्रमुख होम बहादुर भारतीको संयोजकत्वमा भएको थियोे ।

सरसफाइ देवघाटको वेणी संगमबाट सुरू गरि गलेश्वर आसपास सम्ममा भएको पलाष्टिक र भक्तजनहरूले फालेको फोहोरलाई हटाई सरसफाइ गरिएको संयोजक भारती जानकारी दिए । सरसफाइ देवघाटमा हरेक मेला लाग्नु भन्दा अगाडि र मेला लागिसके पछि सरसफाइ कार्यक्रम गरिन्छ ।

उक्त सरसफाइमा देवघाट क्षेत्र विकास समितिका कार्यकारी निर्देशक सदन बरालले देवघाटका सम्पूर्ण संघसंस्थाहरूको सहभागीतामा मेलामा भक्तजनहरूले फालेको फोहोरलाई सफाइ गरिएको बताए ।

उक्त सरसफाइमा देवघाट गाउँपालिका कार्यक्रम अधिकृत कृष्णराज पन्त त्यस्तै गरि देवघाट क्षेत्र विकास समितिका सदस्य सान बहादुर परियार लगाएत,कर्मचारीहरू,इलाका प्रहरी कार्यालय देवघाट परिवार,चक्रबर्ती मणिमुकुन्दसेन टोल विकास संस्थाका अध्यक्ष अनिल मिश्र,देवघाटधाम जेसीज परिवार,देवघाट गाउँपालिकाका नगर प्रहरीहरू,वेदवेदाङ्ग विद्यालयका विद्यार्थीहरू लगाएत अन्य व्यक्तिहरूको सहभागीतामा सरसफाइ गरिएको थियोे ।



