बंगलादेशमा हुने यू–१९ महिला साफ च्याम्पियनसिप खेल्न जाने टोलीको बिदाइ

images
  • 365
    SHARES
  • माघ १५, २०८० सोमबार
    बंगलादेशमा हुने यू–१९ महिला साफ च्याम्पियनसिप खेल्न जाने टोलीको बिदाइ
    images

    १५ माघ, काठमाडौं 

    बंगलादेशमा हुने यू–१९ साफ च्याम्पियनसिप खेल्न जाने नेपाली टिमको बिदाइ गरिएको छ । अखिल नेपाल फुटबल संघ एन्फाका अध्यक्ष पंकगविक्रम नेम्बाङसहितले एन्फा कम्लेक्समा भएको कार्यक्रममा खेलाडीको बिदाइ गरेका हुन् ।

    उमेर समूह खेलेका खेलाडीको बाहुल्यता रहेको टोलीले उपाधि जित्ते लक्ष्य राखेको छ । २ फेब्रुअरीदेखि ढाकामा सुरु हुने प्रतियोगितामा ४ टिम छन् ।

    राउण्ड रोबिन लिगपछि शीर्ष २ टिमले फाइनल खेल्ने छन् । नेपालले २ फेब्रुअरीमा घरेलु टोली बंगलादेशसँगको खेलबाट प्रतियोगिता सुरु गर्ने छ । ४ फेब्रुअरीमा भुटानसँग खेल्ने नेपालले ६ फेब्रुअरीमा भारतसित खेल्ने छ ।

    Copyright © All right reserved to Bihanimedia Site By: SobizTrend