महिला टी–ट्वान्टी विश्वकप एसिया छनोट अन्तर्गत आज नेपाल र युएई खेल्दै

images
  • 131
    SHARES
  • जेठ २१, २०७९ शनिबार
    महिला टी–ट्वान्टी विश्वकप एसिया छनोट अन्तर्गत आज नेपाल र युएई खेल्दै
    images

    काठमाण्डौ, २१ जेठ ।

    आईसीसी १९ वर्ष मुनिको महिला टी–ट्वान्टी विश्वकप एसिया छनोट अन्तर्गत नेपालले आज युएईसँग खेल्दै छ । मलेसियाको यूकेएम ओभलमा नेपालले दोस्रो खेलमा युएईको सामना गर्न लागेको हो ।

    1654182391-Y9QBh.jpg

    नेपाल र युएईबीचको खेल बिहान ११ बजे सुरु हुनेछ । आज नेपाल लगातार दोस्रो जित निकाल्ने योजनामा रहेको छ । यसअघि हिजो नेपालले कतारलाई ७९ रनले हराएको थियो।

    युएई पनि लगातार दोस्रो जित निकाल्न चाहन्छ । पहिलो खेलमा युएईले भुटानलाई १ सय ६० रनले हराएको थियो । छनोटमा नेपालसहित, आयोजक मलेसिया, युएई, थाइल्याण्ड, भुटान र कतार रहेका छन् ।

    शीर्ष टोलीले दक्षिण अफ्रीकाको टिकट काट्ने छन् । यस्तै नेपालले भुटानविरुद्ध सोमबार खेल्दा मङ्गलवार थाइल्याण्ड र बिहीवार मलेसियाविरुद्ध खेल्नेछ।

    Copyright © All right reserved to Bihanimedia Site By: SobizTrend