नेकपा एसको सचिवालय बैठक बस्दै निर्वाचन समीक्षा गर्न

images
  • 101
    SHARES
  • जेठ २१, २०७९ शनिबार
    नेकपा एसको सचिवालय बैठक बस्दै निर्वाचन समीक्षा गर्न
    images

    काठमाडौं 

     नेकपा (एकीकृत समाजवादी) पार्टीको केन्द्रीय सचिवालय बैठक आज बस्दै छ ।  पार्टी उपाध्यक्ष जयन्ती राईले बैठक दिउँसो ३ बजेपछि पार्टी केन्द्रीय कार्यालय तीनकुनेमा बस्ने बताइन् । 

    nekapasamajbadi1629539097_20210905112840.jpg

    उनका अनुसार बैठकमा स्थानीय तह निर्वाचनको समीक्षा हुनेछ । ३० वैशाखमा भएको निर्वाचनको परिणामप्रति एकीकृत समाजवादी सन्तुष्ट छैन ।पाँच दलीय गठबन्धनबीचको तालमेलमा नेपाली कांग्रेस र नेकपा (माओवादी (केन्द्र)बाट धोका भएको पार्टी अध्यक्ष माधवकुमार नेपालले अभिव्यक्ति दिँदै आएका छन् । 
    तर, कांग्रेस– माओवादी धोका दिएको भन्‍ने स्वीकार्न तयार छैनन् । 

    Copyright © All right reserved to Bihanimedia Site By: SobizTrend