भेटवार्ता प्रधानमन्त्री देउवा र महन्थ ठाकुरबीच

images
  • 210
    SHARES
  • जेठ २१, २०७९ शनिबार
    भेटवार्ता प्रधानमन्त्री देउवा र महन्थ ठाकुरबीच
    images

    काठमाडौं 

    प्रधानमन्त्री एवम् नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवा र लोकतान्त्रिक समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुरबीच भेटवार्ता भएको छ । शनिबार दिउँसो पार्टीको केन्द्रीय कार्यकारिणी समितिको बैठक सम्पन्न भएलगत्तै अध्यक्ष ठाकुर प्रधानमन्त्री देउवालाई भेटन् प्रधानमन्त्री निवास बालुवाटारमा पुगेका थिए ।

    Deuba-Mahanta-Thakur_20210721115458.jpg

     

    दुई नेताबीच संघ र प्रदेशको आगामी निर्वाचनमा कसरी जाने भन्ने बारेमा छलफल केन्द्रित हुने लोकतान्त्रिक समाजवादी पार्टीका केन्द्रीय कार्यकारिणी सदस्य केशव झाले जानकारी दिए । उनले प्रधानमन्त्री देउवाले पार्टी अध्यक्ष ठाकुरलाई मिटिङका लागि बोलाएका र त्यसमा आगामी संघ र प्रदेशको निर्वाचनमा हुने गठबन्धनबारे छलफल केन्द्रित भएको बताए ।

    उनले भने, ‘आगामी अर्को निर्वाचनमा पनि आउँदैछ, प्रतिनिधिसभा र प्रदेशसभाको । त्यस विषयमा पनि पार्टीको कार्यकारिणी समिति बैठकमा छलफल भयो । तर, प्रधानमन्त्रीजीले पार्टी अध्यक्षलाई मिटिङमा बोलाउनु भएकाले आज बैठक स्थगित गरिएको छ । प्रधानमन्त्री देउवा र पार्टी अध्यक्षबीच आगामी चुनावमा गठबन्धन गर्ने विषयमा छलफल हुन्छ नै ।’

    यसैबीच, लोकतान्त्रिक समाजवादी पार्टीको केन्द्रिय कार्यकारिणी समितिको बैठक भोली (आईतबार) बिहान ११ बजे पनि बोलाइएको छ । विजुलीबजारस्थित पार्टीको केन्द्रीय कार्यालयमा बस्ने बैठकमा स्थानीय तहको निर्वाचनको समिक्षा गरी आगामी संघ र प्रदेशको निर्वाचनको आन्तरिक तयारीको बारेमा विस्तृत छलफल हुने केन्द्रिय कार्यकारिणी सदस्य केशव झाले बताए ।

    Copyright © All right reserved to Bihanimedia Site By: SobizTrend