नेपालले भारतको घरेलु टोलीसँग त्रिकोणात्मक शृङ्खला खेल्ने

images
  • 178
    SHARES
  • फाल्गुण ८, २०८० मंगलबार
    नेपालले भारतको घरेलु टोलीसँग त्रिकोणात्मक शृङ्खला खेल्ने
    images

    काठमाडौँ, फागुन ८

    नेपालको राष्ट्रिय क्रिकेट टोलीले भारतको घरेलु टोलीसँग त्रिकोणात्मक शृङ्खला खेल्ने भएको छ । नेपाल क्रिकेट संघ (क्यान) का अनुसार चैत १८ गतेदेखि २५ गतेसम्म उक्त प्रतियोगिता खेलिन लागेको हो ।

    फ्रेन्डसीप कप नाम दिइएको शृङ्खलामा नेपालले गुजरात र बरोडाको टोलीसँग प्रतिस्पर्धा गर्नेछ । त्रिकोणात्मक शृङ्खलाले नेपाली टोलीको वृत्ति विकासमा सहयोग पुर्‍याउने विश्वास लिइएको छ ।यसअघि भारतीय विदेशमन्त्री एस जयशंकरको नेपाल भ्रमणका क्रममा भारतले नेपाली क्रिकेटको विकासका लागि सहयोग गर्ने प्रतिबद्धता जनाएका थिए ।

    Copyright © All right reserved to Bihanimedia Site By: SobizTrend