देवघाट फागुन १७
तनहुँको देवघाट-५ मा रहेको श्री कृष्ण प्रणामी मन्दिरको भोलि उद्घाटन हुदैँछ ।

देवघाटलाई धार्मिक पर्यटकिय रुपमा विकास गर्नका लागि निर्माण गरिएको श्री कृष्ण प्रणामी मन्दिरको उद्घाटन भोलि भारत,गुजरात रामनगरधामका श्रीकृष्ण प्रणामी धर्मका आध्यपीठ अनन्त विभूषित जगतगुुरू १०८ कृष्णमणि महाराजबाट उद्घाटन हुने भएको छ । लगभग भोलि १ बजेको समयमा औपचारिक रूपमा समुद्घाटन हुने महायज्ञ मुल समितिले जनाएको छ ।

महायज्ञको लागि राजेन्द्र रिजालको अध्यक्षतामा एक हजार आठ सदस्यीय मूल समिति र २७ वटा विभिन्न उपसमिति गठन भएको छ । साथै भोलि श्रीमत् तारतम सागरको १०८ पारायण तथा श्रीमद्भागवत महापुराण हुनेछ । श्रीकृष्ण प्रणामी मन्दिरको आयोजनामा आयोजित श्रीकृष्ण प्रणामी धर्मजगनी ज्ञान महायज्ञको तयारी पूरा भएको छ ।

भोलि फाल्गुन १७ गते देखि सुरु हुने उक्त महायज्ञको उद्घाटनका लागि एवं प्रचार प्रसारको लागि फाल्गुन १४ गते बाइक र्याली गरीएको थियो र सोहि अनुसार आज फाल्गुन १६ गते बिभिन्न संघसंस्था,महिला समुह,बिद्यालयका विद्यार्थीहरू,गुरुकुलका वटुकहरु र धार्मिक आस्था राख्ने देशै भरिका भक्तजनहरुको बाक्लो उपस्थितिमा उक्त कलश यात्रा सम्पन्न भएको छ ।



