जसपा र लोसपा विजयी रूपनी गाउँकार्यपालिका सदस्यमा

images
  • 103
    SHARES
  • जेठ २२, २०७९ आइतबार
    जसपा र लोसपा विजयी रूपनी गाउँकार्यपालिका सदस्यमा
    images

    सप्तरी 

    रुपनी गाउँपालिकाको गाउँकार्यपालिका सदस्य पदमा जसपा र लोसपाका उम्मेदवारहरू विजयी भएका छन् । दलित वा अल्पसंख्यक खुलf सदस्यतर्फ लोकतान्त्रिक समाजवादी पार्टीका मुकेशकुमार कर्णले २२ मत र जनता समाजवादी पार्टीका नविना खवासले २१ मत प्राप्त गरी विजयी भएका हुन् ।

    electionlocal1651043156_20220513140908.jpg

     

    उनीहरूको निकटतम प्रतिद्वन्द्वीहरू नेकपा माओवादीका देवलाल मालीले सात, भुवनेश्वर इसरले सात र नेपाली कांग्रेसका ज्ञानेन्द्रकुमार इसरले पाँच मत प्राप्त गरेका थिए ।यसैगरी, महिला सदस्यतर्फ लोकतान्त्रिक समाजवादी पार्टीका पुनिताकुमारी मण्डलले २४, अनारदेवी पासवानले २३ जनता समाजवादी पार्टीका पुनमदेवी रजक २३ र रामकुमारी सदाले २२ मत प्राप्त गरी विजयी भएका छन् । 

    उनीहरूका निकटतम प्रतिद्वन्द्वी माओवादीका गुलावदेवी साफी सात मत, दानावती देवी साहले सात मत प्राप्त गरेको निर्वाचन अधिकृतको कार्यालय रुपनीले जानकारी दिएको छ।

    दलित वा अल्पसंख्यकतर्फ दुई पदका लागि पाँच जना र महिलातर्फ चार पदको लागि ६ जनाले उम्मेदवारी दर्ता गराएका थिए । गाउँकार्यपालिका पदका लागि शनिबार सम्पन्न मतदानमा जसपा र लोसपाका उम्मेदवार निर्वाचित भएका हुन् ।

    Copyright © All right reserved to Bihanimedia Site By: SobizTrend