कालिका माविमा विद्यार्थीहरुलाई प्राथमिक उपचार सम्बधी एक दिने तालिम

images
  • 302
    SHARES
  • फाल्गुण २७, २०८० आइतबार
    कालिका माविमा विद्यार्थीहरुलाई प्राथमिक उपचार सम्बधी एक दिने तालिम
    images

    तनहुँ,

    देवघाट गाउँपालिका वडा नम्बर ५ स्थित क्यूदीमा रहेको कालिका माध्यमिक विद्यालयमा बालकुमारी कलेजको आयोजना एवं कालिका मावीको सह-आयोजनामा प्राथमिक उपचार सम्बधी एक दिने तालिम सम्पन्न भएको छ।

    कार्यक्रममा सम्बोधन गर्दै प्रमुख अतिथि देवघाट गाउँपालिका अध्यक्ष तिल बहादुर थापाले प्राथमिक उपचार सम्बधी एक दिने तालिम बाट कुनै पनि घटना हुँदा अपनाउनुपर्ने सजगताका कुराहरू र सामान्य गाउँघर र समुदायमा प्राथमिकता उपचार कसरी गर्न सकिन्छ भन्ने ज्ञान सहभागिता प्रशिक्षार्थीहरुले प्राप्त गरेको बताउदै आगामी दिनहरू गाउँपालिका र आफ्नो ब्यक्तिगत तर्फबाट शिक्षा र स्वस्थ्य क्षेत्रलाई पहिलो प्राथमिकतामा राखेर अगाडी बढ्ने बताए।

    सो प्रशिक्षण कार्यक्रममा देवघाटका सामुदायिक विद्यालयहरु कालिका मावी,पार्वती मावी,बज्रयोगीनी मावी,सिताराम मावी,सिद्धमहाकाली मावी बाट ३० जना शिक्षक तथा विद्यार्थीहरुकोको सहभागिता रहेको विद्यालयका सहायक प्राध्यापक युवराज शाखीले जानकारी दिनुभयो भने सहभागीहरुलाई प्रशिक्षक डा.मनोज क्षेत्री र कविता खतिवडाले प्रशिक्षण दिनु भएको थियो।

  • सम्बन्धित विषय:

  • # मौसम
  • Copyright © All right reserved to Bihanimedia Site By: SobizTrend