त्रिदेशीय टी–२० क्रिकेट शृङ्खलाको फाइनलमा पीएनजीले दियाे नेपाललाई १ सय ७२ रनकाे लक्ष्य

images
  • 164
    SHARES
  • फाल्गुण ३०, २०८० बुधबार
    त्रिदेशीय टी–२० क्रिकेट शृङ्खलाको फाइनलमा पीएनजीले दियाे नेपाललाई १ सय ७२ रनकाे लक्ष्य
    images

    काठमाण्डौ 

    त्रिदेशीय टी–२० क्रिकेट शृङ्खलाको फाइनलमा पपुवा न्युगिनी (पीएनजी) ले नेपाललाई १ सय ७२ रनको लक्ष्य दिएको छ । हङकङको मिसन रोड ग्राउन्ड मोङ कोकमा टस हारेर ब्याटिङ गरेको पीएनजीले २० ओभरमा ८ विकेटको क्षतिमा १ सय ७१ रन बनायो । पीएनजीका टोनी उराले ६१ र एली नाओले अविजित ३० रन बनाए ।

     

    नेपालका आकाश चन्द र कुशल भुर्तेलले समान ३ विकेट लिए । नेपालले अहिले जवाफी ब्याटिङ गरिरहेकाे छ । याे समाचार तयार पार्दासम्म नेपालले १ ओभरमा १ विकेट गुमाएर ६ रन बनाएकाे छ ।

    Copyright © All right reserved to Bihanimedia Site By: SobizTrend