३० फागुन, काठमाडौं
नेकपा एमालेले सुहाङ नेम्वाङलाई केन्द्रीय कानुन विभागको सदस्यमा मनोनित गरेको छ । सुहाङलाई कानुन विभाग सदस्यमा मनोनित गरेको पत्र महासचिव शंकर पोखरेलले दिएका छन् । ‘नेकपा एमाले केन्द्रीय सचिवालयको २०८० फागुन ३ गते बसेको २७औं बैठकले तपाईँलाई केन्द्रीय कानुन विभागको सदस्यमा मनोनित गरिएको जानकारी गराउँछु’, महासचिव पोखरेलको पत्रमा उल्लेख छ ।



