३० फागुन, काठमाडौं
नेपाल पछिल्लो पटक टी-२० आई खेलमा लगातार चौथो पटक फाइनलमा पराजित भएको छ । बुधबार हङकङमा सम्पन्न त्रिकोणात्मक टी-२० आई सिरिजको फाइनलमा नेपाल पपुवा न्युगिनीसँग ८६ रनले पराजित हुन पुग्यो ।
यसअघि गत अक्टोबरमा नेपाल, हङकङ र युएईबीच मूलपानी र टियुमा त्रिकोणात्मक टी-२० आई सिरिज भएको थियो ।
१६३ रनको लक्ष्य युएईले १९.५ ओभरमा ६ विकेट गुमाउँदै पूरा गरेको थियो ।
नोभेम्बरमा आईसीसी टी-२० विश्वकप एसिया क्षेत्र छनोटको फाइनलमा टीयुमा ओमानसँग सुपर ओभरमा पराजित भएको थियो ।
१८५ रनको विजयी लक्ष्य पछ्याएको ओमानले २० ओभरमा ९ विकेट गुमाउँदै १८४ रन बनाएपछि खेल सुपर ओभरमा पुगेको थियो ।
सुपर ओभरमा अभिनाश बोहराले २१ रन खर्चिदा नेपालले १० रन मात्रै जोड्न पुगेको थियो ।
दुई साताअघि नेपाल, नेदरल्यान्ड्स र नामिवियाबीच त्रिकोणात्मक टी-२० आई सिरिज टीयुमा भएको थियो ।
फाइनलमा नेपालले दिएको १८५ रनको लक्ष्य नेदरल्यान्ड्सले १९.३ ओभरमा ६ विकेट गुमाउँदै पूरा गरेको थियो ।



