मोरङलाई हराउँदै एनआरटीले जित्यो बुढासुब्बा गोल्डकपको उपाधि

images
  • 212
    SHARES
  • चैत्र ३, २०८० शनिबार
    मोरङलाई हराउँदै एनआरटीले जित्यो बुढासुब्बा गोल्डकपको उपाधि
    images

    काठमाण्डौ

    बुढासुब्बा गोल्डकप फुटबलको २४ औं संस्करणको उपाधि न्युरोड टिम एनआरटीले जितेको छ । धरान रङ्गशालामा भएको खेलमा मोरङ फुटबल क्लबलाई २–१ गोलले हराउँदै एनआरटी च्याम्पियन बनेको हो ।

    एनआरटी दोस्रोपटक र मोरङ फुटबल क्लब पहिलोपटक फाइनलमा पुगेको थियो । यसअघि दशौँ संस्करणको उपाधि पनि एनआरटीले जितेको थियो । प्रतियोगितामा सहिद स्मारक ए डिभिजन लिग विजेता चर्च ब्वाइज क्लबसहित आठ टिमको सहभागिता थियो । उपाधि विजेता एनआरटीले १० लाख रुपैयाँ र उपविजेता मोरङले पाँच लाख रुपैयाँ पुरस्कार पाएको छ । 

    Copyright © All right reserved to Bihanimedia Site By: SobizTrend