काठमाडौं, चैत ४–
प्रतिनिधिसभाको बैठक आज बस्दैछ। बिहान ११ बजे बैठक बोलाइएको छ। प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसको निरन्तर अवरोधका कारण केही दिन नियमित कार्यसूचीमा प्रवेश गर्न सकेको छैन्।
आजको बैठकमा शिक्षामन्त्री सुमना श्रेष्ठले राष्ट्रिय सभामा उत्पत्ति भएको सहिद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय विधेयक २०८० माथि विचार गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्ने सम्भावित कार्यसूची छ।
नयाँ सत्ता समीकरण बनेर मन्त्रिपरिषद् पुनर्गठन भएपछि कांग्रेसले सदन अवरुद्ध गर्दै आइरहेको छ। विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकतामाथिको छलफल भने नरोक्ने कांग्रेसले जनाएको छ।



