राष्ट्रिय भलिबल च्याम्पियनशिप : यी हुन् आज विजयी हुने टाेली

images
  • 192
    SHARES
  • चैत्र ४, २०८० आइतबार
    राष्ट्रिय भलिबल च्याम्पियनशिप : यी हुन् आज विजयी हुने टाेली
    images

    काठमाण्डाै 

    आठौँ संस्करणको राष्ट्रिय महिला तथा पुरुष भलिबल च्याम्पियनशिपमा महिलातर्फ विभागीय क्लब एपीएफ र साविक विजेता पुलिस क्लबले विजयी शुरुवात गरेका छन् ।

    राष्ट्रिय खेलकुद परिषद् (राखेप) को कर्भडहलमा आज बिहान भएको महिलातर्फको पहिलो खेलमा एपीएफले मधेश प्रदेशलाई र नेपाल पुलिस क्लबले कर्णाली प्रदेशलाई ३–० को सोझो सेटमा हरायो ।

    पुरुषतर्फ आज भएका खेलमा सुदूरपश्चिमले जावलाखेल भलिबल क्लबलाई ३–० को सेटमा र बूढानीलकण्ठ भलिबल क्लबले कर्णाली प्रदेशलाई ३–० को सेटमा हरायो । अर्को खेलमा ‍मणिमुकुन्द भलिबल क्लबले न्युटन भलिबल क्लबलाई ३–० लाई हराएको छ ।

    यही चैत १० गतेसम्म हुने प्रतियोगितामा पुरुषतर्फ १३ र महिलातर्फ ७ वटा टोली छन् ।

    Copyright © All right reserved to Bihanimedia Site By: SobizTrend