माओवादी केन्द्रका उपाध्यक्ष कृष्णबहादुर महरासँग सीआईबीले लियो बयान

images
  • 219
    SHARES
  • चैत्र ८, २०८० बिहीबार
    माओवादी केन्द्रका उपाध्यक्ष कृष्णबहादुर महरासँग सीआईबीले लियो बयान
    images

    काठमाण्डौ 

    गएको सोमवार पक्राउ परेका माओवादी केन्द्रका उपाध्यक्ष कृष्णबहादुर महरासँग प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले आज बयान लिएको छ । महरा बयानका लागि दिउँसो नर्भिक अस्पतालबाट सीआईबी कार्यालय लैनचौर पुगेका थिए ।

    सुन तस्करी प्रकरणमा पक्राउ परेपछि जिल्ला अदालत काठमाण्डौले महरालाई चार दिन हिरासतमा राख्न र उपचारको व्यवस्था गर्न आदेश दिएको थियो । महरालाई नर्भिक अस्पतालमा भर्ना गरिएको थियो ।

    गएको साउन २ गते स्कुटरकाे 'ब्रेक शु' मा लुकाएर ल्याएको ६१ किलो सुन र २०७९ साल पुसमा विद्युतीय चुरोट (भेप) मा ल्याएको नाै किलो सुन तस्करीमा संलग्न चिनियाँ नागरिकसँग महराको नाम जोडिएको छ । यस प्रकरणमा महराका छोरा राहुल गएको भदौ १३ गते नै पक्राउ परेर अहिले पुर्पक्षका लागि थुनामा छन् ।

    Copyright © All right reserved to Bihanimedia Site By: SobizTrend