एमाले सांसद चौधरी: मन मिल्दा 'लभ', स्वार्थ पूरा नहुँदा बलात्कारको संज्ञा दिने काम भइरहेको छ

images
  • 114
    SHARES
  • जेठ २३, २०७९ सोमबार
    एमाले सांसद चौधरी: मन मिल्दा 'लभ', स्वार्थ पूरा नहुँदा बलात्कारको संज्ञा दिने काम भइरहेको छ
    images

    काठमाण्डाै 

    नेकपा एमालेकी सांसद गंगा चौधरी सतगौँवाले बलात्कारका मुद्दामा हदम्याद जायज भएको तर्क गर्नुभएको छ । 

    ganga_chaudhary__GDrFVyTdmI.jpg

    बलात्कारसम्बन्धी मुद्दाको हदम्याद हटाउन सरकारकाले संसदमा पेस गरेको विधेयकका विषयमा बोल्दै आज साेमवार सांसद चौधरीले हदम्याद हटाएमा मुद्दाको चाङ लाग्ने जिकिर गर्नुभयो । उहाँले मन मिलुन्जेल प्रेम सम्बन्ध र मन नमिलेपछि बलात्कारका मुद्दा लगाउने प्रवृति बढेको बताउनुभयो । 

    ‘महिला हुँ भन्दैमा महिलाको भावनामात्र बुझ्ने होइन, पुरुषको भावना पनि बुझ्नुपर्छ । अस्ति भर्खरकै केस पल शाह र सुस्मिताको कुरा । जबसम्म मन मिल्यो लभको संज्ञा दिने, स्वार्थ पूरा भएन भने बलात्कारको संज्ञा दिने । हामीले यही सदनका पूर्वसभामुखको घटना पनि हेरेका थियौँ, स्वार्थ मिलुन्जेल कसैलाई पत्तो थिएन, स्वार्थ नमिलेपछि बलात्कारको संज्ञा दिएर ६/६ महिना जेलमा कोचियो’, चौधरीले भन्नुभयो । 

    Copyright © All right reserved to Bihanimedia Site By: SobizTrend