रास्वपालाई सिध्याउने षड्यन्त्र भयोः सभापति रवि लामिछाने

images
  • 184
    SHARES
  • बैशाख ८, २०८१ शनिबार
    रास्वपालाई सिध्याउने षड्यन्त्र भयोः  सभापति रवि लामिछाने
    images

    काठमाडौं,बैशाख ८-

    राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले आफ्नो पार्टीलाई सिध्याउने षड्यन्त्र भइरहेको बताएका छन् । शनिबार इलाममा आयोजित चुनावी सभामा उनले वर्षौँदेखि सत्तामा बसिरहेका मान्छेले नयाँ मानिस आएको चित्त नबुझाएको भन्दै रास्वपालाई सिध्याउने षड्यन्त्र भइरहेको जिकिर गरे ।

    रास्वपालाई सिध्याउने षड्यन्त्र भए पनि जनताले उठाएको शक्तिलाई सकाउने ताकत कसैसँग नरहेको उनले उल्लेख गरे । लामिछानेले देशलाई सुशासनको बाटोतर्फ अघि बढाउन रास्वपालाई थप शक्तिको आवश्यक रहेको बताए । चुनावका बेला गल्ती गर्ने र पछि पछुताउनुपर्ने अवस्था आउन नदिन मतदाताले विवेकी निर्णय गर्नुपर्नेमा उनले जोड दिए ।

     

    उपप्रधान एवं गृहमन्त्री समेत रहेका लामिछानेले मौन अवधिमा हुने आचारसंहिता उल्लंघनका गतिविधि नियन्त्रण गर्न सुरक्षाकर्मीलाई निर्देशन दिए । हिमालयन टेली भ्वाइस

     
     

    Copyright © All right reserved to Bihanimedia Site By: SobizTrend