नेपाल थाइल्यान्डसँग खेल्दै १९ वर्षमुनिको महिला टी–२० विश्व कप छनोटमा

images
  • 129
    SHARES
  • जेठ २४, २०७९ मंगलबार
    नेपाल थाइल्यान्डसँग खेल्दै १९ वर्षमुनिको महिला टी–२० विश्व कप छनोटमा
    images

    काठमाण्डाै 

    १९ वर्षमुनिको आईसीसी महिला टी–२० विश्व कप एसिया छनोट अन्तर्गत नेपालले आज थाइल्यान्डसँग खेल्दैछ।

    nepali_u19_women_cricket_team_boS00cjEds.jpg

    खेल मलेसियाको यूकेएम ओभलमा बिहान ११ बजे हुनेछ ।  नेपाल आज तेस्रो जित निकाल्ने दाउमा छ ।

    नेपालले अहिलेसम्म खेलेका तीन खेलमा दुई जित र एकमा हार बेहोरेको छ । पहिलो खेलमा कतारलाई ७९ रनले हराएको नेपाल, दोस्रो खेलमा ८ रनमा अलआउट भएको नेपाल यूएईसँग पराजित भएको थियो।

    हिजो भएको तेस्रो खेलमा नेपालले भुटानलाई ४ विकेटले हरायो । नेपाल ३  खेलमा ४ अङ्क जोडेर तेस्रो स्थानमा रहेको छ भने थाइल्यान्ड ६ अङ्क जोडेर दोस्रो स्थानमा छ । नेपालले अन्तिम खेलमा पर्सि मलेसियासँग खेल्नेछ ।

    छनोटमा नेपालसहित, आयोजक मलेसिया, यूएई, थाइल्यान्ड, भुटान र कतार रहेका छन् । शीर्ष टोली दक्षिण अफ्रिकामा हुने १९ वर्षमुनिको महिला विश्व कपमा पुग्नेछ ।

    Copyright © All right reserved to Bihanimedia Site By: SobizTrend