१५ वैशाख, इलाम
इलाम–२ मा प्रतिनिधिसभा उपनिर्वाचनमा शनिबार एक जना किरियापुत्रीले पनि मतदान गरेका छन् । आफ्नी आमाको किरिया बसेका रजिन खड्काले दृपादेवी आधारभूत विद्यालय मतदान केन्द्र क मा पुगेर मतदान गरेका हुन् ।
इलाम–२ बाट गत ४ मंसिर २०७९ मा भएको चुनावमा निर्वाचित एमाले नेता सुवासचन्द्र नेम्वाङको निधन भएपछि त्यहाँ उपनिर्वाचन गरिएको हो । शनिबार विहानदेखि नै इलाम–२ मा शान्तिपूर्ण रुपमा मतदान भइरहेको छ ।



