इलाम २ः खड्कासंग अग्रता घटाउँदै सुहाङ

images
  • 205
    SHARES
  • बैशाख १६, २०८१ आइतबार
    इलाम २ः खड्कासंग अग्रता घटाउँदै सुहाङ
    images

    इलाम, वैशाख १६–

    प्रतिनिधि सभा उपनिर्वाचन अन्तरगत इलाम–२ जारी मतगणनामा नेपाली कांग्रेसका डम्बरबहादुर खड्काले अग्रता कायमै राखेका छन् । तर नेकपा एमालेका सुहाङ नेम्बाङ भने मतान्तर घटाउँदैछन् ।

     
    पछिल्लो ताजा परिणाम अनुसार खड्काले १ हजार ६५८ मत पाएका छन् । नेम्बाङले १ हजार ६३० मत प्राप्त गरेका छन् । खड्का र नेम्बाङबीचको मतान्तर २८ मात्रै रहेको छ ।
    त्यसैगरि राष्ट्रिय स्वतन्त्र पार्टीका मिलनकुमार लिम्बुले ३०८ र पहिचान पक्षका स्वतन्त्र उम्मेदवार डकेन्द्रसिंह थेगिमले ४३० मत पाएका छन् । यो परिणाम फाकफोकथुम गाउँपालिकाका १, २ र ३ नम्बर वडाको मतगणना सकिँदा हो ।
     
     

    Copyright © All right reserved to Bihanimedia Site By: SobizTrend