इलाममा सुहाङ नेम्वाङको अग्रता

images
  • 340
    SHARES
  • बैशाख १६, २०८१ आइतबार
    इलाममा सुहाङ नेम्वाङको अग्रता
    images

    इलाम,बैशाख १६

    इलाम क्षेत्र नम्बर–२ को उपनिर्वाचनअन्तर्गत फाकफोकथुम गाउँपालिका वडा नम्बर १, २, ३ र ४ को मतगणना सम्पन्न भएको छ ।

     
    जसअनुसार पछि परेका नेकपा (एमाले)का उमेदवार सुहाङ नेम्वाङले अग्रता बनाएका छन् । तीन वडामा लिड गरेका कांग्रेस उमेदवार डम्बर खड्का दोस्रो स्थानमा झरेका छन् । सुहाङले ३४५ मतले अघि लागेका छन् ।
    वडा नम्बर ४ मा १,७१८ मत झरेको थियो । त्यो मतमध्ये सुहाङलाई ९१२ गएको छ । यहाँ कांग्रेसका खड्काले ५३९ मत पाएका छन् ।पहिचानवादी उमेदवार डकेन्द्रसिंह थेगिमले १६३ मत प्राप्त गर्दा रास्वपा उमेदवार मिलन लिम्बूले ७१ मत प्राप्त गरेका छन् ।

    हालसम्म पाँच हजार ८६८ मत गणना भएको छ । जसमध्ये पहिलो दल एमालेले २,५४२, दोस्रो दल कांग्रेसले २,१९७, स्वतन्त्र उमेदवार थेगिमले ५९३, रास्वपाले ३७९ मत प्राप्त गरेको छ ।

    Copyright © All right reserved to Bihanimedia Site By: SobizTrend