देवघाट बैशाख १७
बिहानी ब्रोडकास्टिङ्ग मिडिया प्रा.लि.द्वारा संचालित बिहानी मिडियाको आयोजनामा नव वर्ष २०८१ सालको शुभकामना आदानप्रदान तथा भित्तेपात्रो लोकार्पण कार्यक्रम सम्पन्न भएको छ ।

आज सोमबार देवघाट गाउँपालिकाका अध्यक्ष तिल बहादुर थापाले ब्यानर पढेर कार्यक्रमको उद्घाटन सँगै भित्तेपात्रो लोकर्पण गर्नुभएको थियोे । हरेक वर्ष जस्तै यस वर्ष पनि भित्तेपात्रोलाई निरन्तरता दिने उद्देश्यले भित्तेपात्रोको प्रकाशन गरिएको थियोे । सो कार्यक्रममा कार्यक्रमका प्रमुख अतिथि देवघाट गाउँपालिकाका अध्यक्ष तिल बहादुर थापाले बिहानी मिडियाले समग्र देवघाटको विकासको लागि स्थापना कालदेखि नै कलम चलाउदै आएको बताउनुभयो ।

पत्रकारले लेखेको सबै कुरा सत्य हुन्छ भन्ने बुझाइ छ, त्यसैले पत्रकारले नकारात्मक तरिकाले भन्दा पनि सकारात्मक तरिकाले आफ्नो कलम अगाडि बढाउन अनुरोध गर्दै गल्ती गरेको खण्डमा खबरदारी गर्नुपर्छ भने अध्यक्ष थापा । अध्यक्ष थापाले बिहानी मिडियाले देवघाटको हरेक भेगमा गई समाचार संकलन गर्दै सूचनाहरू संप्रेशण गर्दै आएको छ त्यसरी नै आगमि दिनहरूमा पनि गलतलाई गलत र राम्रोलाई राम्रो भनि अगाडि बढ्न अनुरोध गरेका थिए ।

बिहानी मिडियाले देवघाटमा मात्रै सिमित नभएर राष्ट्रिय स्तरको रूपमा अगाडि बढेको देवघाट गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत गौरी प्रसाद आचार्यले बताउनु भयो । प्रमुख आचार्यले बिहानी मिडियाले गाउँपालिसँग नजिक भएर देवघाट क्षेत्रलाई राष्ट्रिय स्तर सम्म चिनाउन सफल भएको बताउदैँ आगमि दिनहरूमा अझै धेरै राम्रो कामहरू गर्दै अगाडि बढ्न शुभकामना व्यक्त गर्नुभएको थियोे ।

सो कार्यक्रममा वडा नम्बर-५ सदस्य यम बहादुर मगर,पुर्व वडा नम्बर-५ अध्यक्ष याल बहादुर गुरुङ, देवघाट महिला संजाल अध्यक्ष राधादेवी खनाल , उद्योग वाणिज्य संघ देवघाटका अध्यक्ष रोशन श्रेष्ठ ,राष्ट्रिय स्वतन्त्र पार्टी देवघाटका सभापति गोविन्द प्रसाद न्यौपाने,राष्ट्रिय प्रजातन्त्र पार्टी देवघाटका अध्यक्ष दिवाकर मिश्र,देवघाट क्षेत्र विकास समितिका सदस्य दिननाथ न्यौपाने,सव-डिभिजन वन कार्यालय देवघाट अधिकृत कृष्ण प्रसाद भट्ट,देवघाटधाम जेसिजका अध्यक्ष जेसी रघु मल्लले शुभकामना मन्तव्य व्यक्त गरेका थिए ।

भने कार्यक्रममा वडा नम्बर-५ सदस्य कमला गुरुङ नेकपा एमाले देवघाटका अध्यक्ष केशव चन्द्र न्यौपाने,चक्रवर्ती सामाजिक उद्यमी महिला सहकारी संस्थाका अध्यक्ष तारा पन्त,लियो क्लब अफ देवघाट चौतारीका अध्यक्ष रक्षा कार्की लगायत संचारकर्मीहरुको व्यापक सहभागिता रहेकोे थियो भने कार्यक्रममा बिहानी मिडियाका संवाददाता सुष्मा गुरुङले स्वागत मन्तव्य दिएका थिए । बिहानी मिडियाका अध्यक्ष आशिक रानाको अध्यक्षतामा भएको सो कार्यक्रम बिहानी मिडियाका कार्यकारी निर्देशक करिष्मा गुरूङले सञ्चालन गरेका थिए ।



