गाउँपालिका अध्यक्ष गिर बहादुर थापा सहित आँबुखैरेनीका ४ जना नेपाली कांग्रेसको १४ औं महाधिवेशनमा निर्वाचित

images
  • 221
    SHARES
  • मंसिर ४, २०७८ शनिबार
    गाउँपालिका अध्यक्ष गिर बहादुर थापा सहित आँबुखैरेनीका ४ जना नेपाली कांग्रेसको १४ औं महाधिवेशनमा निर्वाचित
    images

    आँबुखैरेनी, ४ मंसिर । तनहुँको आँबुखैरेनी गाउँपालिकाका अध्यक्ष गिर बहादुर थापा नेपाली कांग्रेसको १४ औं महाधिवेशन प्रतिनिधीमा निर्वाचित भएका छन्। अध्यक्ष थापा प्रदेश महाधिवेशन प्रतिनिधीमा निर्वाचित भएका हुन्। शुक्रबार भएको निर्वाचनमा उनले १ सय ६० मत ल्याएका थिए।

    1.jpg

    नेपाली कांग्रेसको आसन्न १४ औं महाधिवेशन अन्तर्गत शुक्रबार सम्पन्न तनहुँ क्षेत्र नं. १ ‘क’ को निर्वाचनमा आँबुखैरेनी गाउँपालिकाबाट उम्मेद्वार बनेकाहरु मध्य गाउँपालिका अध्यक्ष थापा सहित ४ जना निर्वाचित भएका छन्। 

    निर्वाचित हुनेहरुमा तनहुँ क्षेत्र नं. १ ‘क’ को उपसभापतिमा बाबुराम श्रेष्ठ (२२५ मत), प्रदेश महाधिवेशन प्रतिनिधीमा निम बहादुर थापा (२१६ मत) र पवित्रा गौली (१९६ मत) सहित विजयी भएका छन्।

    आँबुखैरेनीका अन्य उम्मेद्वारहरु सचिवमा मिलन भुजेल, प्रदेश महाधिवेशन प्रतिनिधी प्रत्यक्षतर्फ तुलसीमाया पन्त, खसआर्यतर्फमा रामचन्द्र पण्डित र अपाङ्गतर्फ दिनेश कार्की पराजित भएको कांग्रेस आँबुखैरेनीका उपसभापति विजय गुरुङले जानकारी दिएका छन्। 

    Copyright © All right reserved to Bihanimedia Site By: SobizTrend