२१ वैशाख, काठमाडौं
झापामा कक्षा १२ को परीक्षा दिएर घर फर्किंदै गरेकी एक छात्रामाथि आक्रमण भएको छ । आक्रमणमा परेर १८ वर्षकी एनिका अधिकारी घाइते भएको जिल्ला प्रहरी कार्यालय झापाका डीएसपी कृष्ण चन्दले जानकारी दिए ।
उनले भने, ‘आक्रमणकारीको पहिचान भइसकेको छ, नाका सिल गरेर खोजी जारी छ ।’उनको अवस्था सामान्य रहेको र पेटमा डढेको, दबेको, ददारिएको जस्तो चोट देखिएको प्रहरीले जनाएको छ । अधिकारीको कपडामा गोलीजस्तो देखिने वस्तु फेला परेको प्रहरीको भनाइ छ ।



