विश्वकपअघि नेपालले`वार्मअप´ खेल खेल्ने

images
  • 187
    SHARES
  • जेठ ४, २०८१ शुक्रबार
    विश्वकपअघि नेपालले`वार्मअप´ खेल खेल्ने
    images

    काठमाण्डौ 

    आईसिसी टी–२० विश्वकपअघि नेपालले खेल्ने  वार्मअप खेलको तालिका सार्वजनिक भएको छ ।

    नेपालले दुई एसोसिएटस् राष्ट्र अमेरिका र क्यानडासँग वार्मअप खेल खेल्ने भएको हो । नेपालले दुवै खेल टेक्सासमा रहेको ग्रान्ड प्रेरी क्रिकेट मैदानमा खेल्नेछ । नेपालले २७ मे अर्थात जेठ १४ गते  क्यानडासँग  खेल्नेछ । यस्तै मे ३०, जेठ १७ गते  अमेरिकासँग खेल्ने तय भएको छ । नेपालले यही मैदानमा नेदरल्याण्ड्ससँग विश्वकपअन्तर्गतको खेलसमेत खेल्दैछ ।

    यसैबीच, विश्वकप तयारीका लागि सेन्ट भिन्सेन्ट एण्ड द ग्रेनाडिन्स पुगेको नेपाली टोलीले विनवार्ड्स भोलक्यानोजसँग हिजो भएको दोस्रो अभ्यास खेल पनि जितेको छ ।

    पार्क हिल मैदानमा भएको दोस्रो खेलमा नेपाल ४९ रनले विजयी भएको हो । पहिलो खेलमा नेपाल ४ विकेटले विजयी भएको थियो । नेपालले यही टोलीसँग भोलि तेस्रो तथा अन्तिम  अभ्यास खेल खेल्नेछ । सेन्ट भिन्सेन्ट एण्ड द ग्रेनाडिन्समा नेपालले विश्वकपको दुई खेल खेल्दैछ ।

    Copyright © All right reserved to Bihanimedia Site By: SobizTrend