कार्यादेशमा सहमति जुट्यो, रवि लामिछानेकै नाम उल्लेख गर्ने निर्णय
340
SHARES
जेठ ८, २०८१ मंगलबार
काठमाडौं, जेठ ८
कांग्रेसको माग अनुसार गृहमन्त्री रवि लामिछानेको नाम उल्लेख गरेर संसदीय छानबिन समिति बनाउने सहमति भएको छ । छानबिन समितिको टीओआर बनाउनका लागि गठित कार्यदलमा आज यो सहमति भएको हो ।
कार्यदल बैठक सुरु भए लगत्तै राष्ट्रिय स्वतन्त्र पार्टीका प्रतिनिधि शिशिर खनालले आफ्नो सभापति टीओआरमा नाम राख्न सहमत भएको जानकारी गराएका थिए ।