टी–२० विश्वकप खेल्न अमेरिका पुगेको नेपाली क्रिकेट टोलीले आज क्यानडासँग अभ्यास खेल खेल्दै

images
  • 514
    SHARES
  • जेठ १४, २०८१ सोमबार
    टी–२० विश्वकप खेल्न अमेरिका पुगेको नेपाली क्रिकेट टोलीले आज क्यानडासँग अभ्यास खेल खेल्दै
    images

    काठमाडौं, जेठ १४

    आईसीसी टी–२० विश्वकप खेल्न अमेरिका पुगेको नेपाली क्रिकेट टोलीले आज क्यानडासँग पहिलो वार्मअप खेल खेल्दैछ।

    नेपाल र क्यानडाबीचको खेल आज राति सवा ९ बजे अमेरिकाको डलासमा सुरु हुनेछ। दुवै टोली वार्मअपमा जित निकालेर विश्वकपअघि राम्रो लयमा देखिन चाहन्छन्। क्यानडासँग खेल्नुअघि नेपालले अमेरिकाको स्थानीय क्लब ह्युस्टन हरिकेन्ससँग दुई अभ्यास म्याच खेलेको थियो।

    नेपालले उक्त अभ्यास खेलमा दुवै खेल जितेको थियो। हालसम्म नेपाल र क्यानडाले एक टी–२० आईमा एकअर्काको सामना गरेका छन्। जसमा नेपाल विजयी भएको छ।

    आजको खेलमा नेपाली अलराउन्डर दीपेन्द्र सिंह ऐरीले खेल्ने सम्भावना न्यून छ। उनी अहिले खुट्टाको चोटका कारण आराम गरिहरहेका छन्। ऐरीले क्यानडाविरुद्धको वार्मअप म्याच खेल्ने सम्भावनाबारे न्यून रहेको कप्तान रोहितकुमार पौडेलले बताएका छन्।

    Copyright © All right reserved to Bihanimedia Site By: SobizTrend