देवघाट जेष्ठ २०
तनहुँको देवघाटमा घरायसी फोहोर पृथकीकरणका लागि अभिमुखीकरण कार्यक्रम सम्पन्न गरेका छन् । सो कार्यक्रम बेटर चितवन,सहमति,नारी कल्याण एकल महिला पैरवी मंचको आयोजनामा आज आइतबार देवघाट क्षेत्र विकास समितिको सभाहलमा सम्पन्न भएको थियोे ।
पवित्र तिर्थस्थल देवघाटधाम बिश्वभरिको मान्छेहरू स्नान र घुमघाम गर्न आउछन् त्यस्तै गरि नारायणी नदि किनारामा हरेक दिन हजारौं भक्तजनहरू आइरहेको हुन्छ त्यहीँ भिडलाई मध्येनजर गर्दै सफा स्वच्छ वातावरण बनाउने उद्देश्यले देवघाटमा पहिलोपटक कार्यक्रम आयोजना गरिएको बेटर चितवनका संस्थापक संयोजक सागर कार्कीले बताए । उनले हाम्रो वरपर वातावरणसँगै आफ्नो घरलाई सफा स्वच्छ राख्नु अनुरोध गर्दै घर भित्रको प्लास्टिक जन्य बस्तुलाई पुनः प्रयोगमा ल्याउने काम गर्न आग्रह गरेका थिए ।
त्यस्तै गरी सहमति संस्थाका अध्यक्ष होमनाथ सुवेदीले चितवन र नवलपरासीमा यस संस्थाले कार्यक्रमहरू आयोजना गर्दै आएको जानकारी दिदैँ प्लास्टिकबाट मुक्त बनाउन अभियानमा जुटिरहेको बताए । त्यस्तै गरि सो कार्यक्रममा देवघाट गाउँपालिकाका प्रवक्ता एवं वडा नम्बर-५ अध्यक्ष पूर्ण बहादुर कुँवरले बेटर नेपाल चितवनले देवघाटमा एउटा राम्रो कार्यक्रम आयोजना गरिएको भन्दै धन्यवाद व्यक्त गरेका थिए । अझै पनि समाजमा धेरै जसो व्यक्तिलाई फोहोर व्यवस्थापनको विषयमा जनचेतना जगाउनु आवश्यक रहेको छ भन्दै आगमि दिनहरूमा पालिकासँग सहकार्य गरी यस कार्यक्रमलाई लागु गर्ने प्रतिवद्वता गरेका छन् ।
उक्त कार्यक्रममा देवघाट-५ वडा सदस्य कमला गुरूङ,बुद्धि बहादुर पाण्डे,नारी कल्याण एकल महिला पैरवी मंचका अध्यक्ष सारदा ढकाल,सहमति परियोजना संयोजक खेमराज खनाल,नारी कल्याण एकल महिला पैरवी मंचका सदस्य महादेवी वस्ताकोटी, देवघाट क्षेत्र विकास समितिका कर्मचारी,टोलका अध्यक्ष लगाएत प्रतिनिधिहरूको सहभागी रहेको थियोे ।



