डा.बाबुराम भट्टराईलाई रविको सुझाव : तपाईं पढाउनतिर लाग्नुस्

images
  • 162
    SHARES
  • जेठ ३०, २०८१ बुधबार
    डा.बाबुराम भट्टराईलाई रविको सुझाव : तपाईं पढाउनतिर लाग्नुस्
    images

    ३० जेठ, काठमाडौं

    राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले नेपाल समाजवादी पार्टीका अध्यक्ष डा. बाबुराम भट्टराईलाई पढाउनतिर लाग्न सुझाव दिएका छन् । रास्वपाले नेता उत्पादन गर्न लिडरसिप एकेडेमी सुरु गर्ने अवधारणा बनाएको भन्दै लामिछानेले त्यसमा पढाउन भट्टराईलाई प्रस्ताव गरेको बताए ।

    बुधबार नेपाल समाजवादी पार्टीको स्थापना दिवशको कार्यक्रममा उपप्रधानमन्त्रीसमेत रहेका लामिछानेले आफूले गरेको प्रस्ताव भट्टराईले अस्वीकार गरेको खुलाए ।

    ‘बरु पढाउनेतिर लाग्नुपर्‍यो, तपाईंले जेनेरेसनलाई आफूले जानेको सिकाउनतिर लाग्नुस् त्यहाँ चाहिँ राम्रो हुन्थ्यो कि भनेको थिएँ’, लामिछानेले भने, ‘डा. साबलाई के मन पथ्र्यो र राजनीतिक किरा भएको मान्छेलाई राजनीति भन्दा पर जाउ भनेको के मन पथ्र्यो र ?’

    उनले भट्टराईको राजनीतिक निरन्तरताको प्रशंसा गर्दै त्यसलाई कायम राख्न सुझाव दिए ।

    Copyright © All right reserved to Bihanimedia Site By: SobizTrend