कप्तान चेम्जाेङ:मेरा लागि खेलभन्दा नेपालकाे जर्सी लगाउन पाउनु बढी गर्वकाे कुरा हाे

images
  • 195
    SHARES
  • जेठ ३१, २०८१ बिहीबार
    कप्तान चेम्जाेङ:मेरा लागि खेलभन्दा नेपालकाे जर्सी लगाउन पाउनु बढी गर्वकाे कुरा हाे
    images

    काठमाण्डाै 

    नेपाली राष्ट्रिय फुटबल टोलीका कप्तान किरणकुमार चेम्जोङले आफ्ना लागि सय खेलभन्दा नेपालको जर्सी लगाउन पाउनु बढी गर्वको कुरा भएको बताएका छन् ।

    फिफा विश्वकप २०२६ तथा एएफसी एशियन कप २०२७ को संयुक्त छनोटअन्तर्गतका खेल खेलिसकेर आज स्वदेश फर्किएपछि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सञ्चारकर्मीसँग कुरा उनले यस्तो बताएका हुन् ।

    साउदी अरबको दमाममा रहेको प्रिन्स मोहम्मत बिन फहद रङ्गशालामा गएको मङ्गलवार  यमनसँग खेल्दै कप्तान चेम्जोङले सयौँ खेल पूरा गरेका थिए । खेलमा प्रदर्शन तल माथि भइरहने भन्दै उनले सय खेल खेल्न पाउनुभन्दा पनि नेपालको जर्सी लगाउनु नै आफ्ना लागि गर्वको कुरा भएको बताए । आफ्नो स्वास्थ्य राम्रो हुन्जेलसम्म टिमबाट खेलिरहने चेम्जोङको भनाइ छ ।

    यस्तै फुटबलर जिलेस्पीजङ्ग कार्कीले डेब्यु गोल अविस्मरणीय रहेको र रणनीतिअनुसार खेल्दा गोल गर्न सफल भएको बताए । बलिया टिमहरूसँग खेलिरहन पाए नेपाली फुटबल राम्रो बाटोमा जाने उनको विश्वास छ । यसैगरी नेपाली राष्ट्रिय फुटबल टोलीका प्रशिक्षक भिनसेन्जो अल्बर्टो एनेसले नेपाली नयाँ टोलीले राम्रो खेल खेलेको प्रतिक्रिया दिए । नेपालले यमनसँग २–२ गोलको बराबरी खेलेको थियो ।

    Copyright © All right reserved to Bihanimedia Site By: SobizTrend