उत्कृष्ट खेल्दाखेल्दै हार्‍याैँ : कप्तान रोहित पौडेल

images
  • 245
    SHARES
  • आषाढ २, २०८१ शनिबार
    उत्कृष्ट खेल्दाखेल्दै हार्‍याैँ : कप्तान रोहित पौडेल
    images

    काठमाण्डौ 

    नेपाली राष्ट्रिय क्रिकेट टोलीका कप्तान रोहित पौडेलले दक्षिण अफ्रिकासँग नेपालले उत्कृष्ट खेल्दाखेल्दै हारेको बताएका छन् ।

    दक्षिण अफ्रिकासँग एक रनले हारेपछि भएको पत्रकार सम्मेलनमा रोहितले नेपाली टोलीले बलिङ र ब्याटिङमा राम्रो प्रदर्शन गरेकोमा आफूलाई गर्व लागेको पनि बताएका छन् ।‘हामी जितको धेरै नजिक थियौँ, केही टाढा पनि थियौँ । तर कोसिस गर्दागर्दै अन्तिममा पराजित हुन पुग्यौँ,’ रोहितले भने ।

    आउँदा खेलमा नेपालले थप राम्रो प्रदर्शन गर्ने रोहितको भनाई छ । मैदानको पीचले स्पिनरलाई सफलता दिलाउने देखेर कुशल भुर्तेललाई चार ओभर बलिङ गराएको र यो रणनीति सफल भएको रोहितको भनाइ छ । 

    Copyright © All right reserved to Bihanimedia Site By: SobizTrend