टी–२० विश्वकप : अस्ट्रेलियाले स्कटल्यान्डलाई हरायो

images
  • 372
    SHARES
  • आषाढ ३, २०८१ आइतबार
    टी–२० विश्वकप : अस्ट्रेलियाले स्कटल्यान्डलाई हरायो
    images

    काठमाण्डौ 

    आईसीसी टी–२० विश्वकप क्रिकेटमा अस्ट्रेलियाले स्कटल्यान्डलाई पाँच विकेटले हराएको छ । हारसँगै स्कटल्यान्ड सुपर आठमा पुग्न असफल भएको छ । अस्ट्रेलियाको जितसँगै साविक विजेता इंग्ल्यान्ड सुपर आठमा पुगेको छ ।

    टस हारेर पहिला ब्याटिङ गरेको स्कटल्यान्डले अस्ट्रेलियालाई जितका लागि एक सय ८१ रनको लक्ष्य दिएको थियो । अस्ट्रेलियाले दुई बल बाँकी छर्दै पाँच विकेट गुमाएर भेट्टायो । स्कटल्याण्डले निर्धारित २० ओभरमा पाँच विकेट गुमाएर एक सय ८० रन बनाए पनि जोगाउन सकेन ।

    यो खेलमा अस्ट्रेलिया विजयी भएमा इंग्ल्यान्ड सुपर आठमा पुग्ने समिकरण थियो । अस्ट्रेलिया यसअघि नै सुपर आठमा पुगिसकेको थियो । अस्ट्रेलिया चार खेलमा आठ अङ्कसहित समूह 'बी' को शीर्ष स्थानमा छ । इंग्ल्यान्ड चार खेलमा पाँच अङ्कका साथ दोस्रो स्थानमा रहँदै सुपर आठमा पुग्यो ।

    इंग्ल्यान्डले समूह चरणको आफ्नो अन्तिम खेलमा हिजो नामिबियालाई हराएको थियो । टी–२० विश्वकपमा आज बेलुका आयरल्यान्ड र पाकिस्तानबीच खेल हुनेछ । दुवै टोली सुपर आठको दौडबाट बाहिरिसकेका कारण आजको खेल औपचारिकता मात्र हुनेछ । हिजो भएको खेलमा दक्षिण अफ्रिकासँग एक रनले पराजित नेपालले ऐतिहासिक जितसहित सुपर आठमा पुग्ने सम्भावना गुमायो । नेपालले आफ्नो अन्तिम खेल भोलि बिहान बंगलादेशसँग खेल्नेछ ।

    Copyright © All right reserved to Bihanimedia Site By: SobizTrend