नियुक्ति पत्र हस्तान्तरण खेलकुदमन्त्री गहतराजद्वारा शाहीलाई

images
  • 177
    SHARES
  • जेठ २५, २०७९ बुधबार
    नियुक्ति पत्र हस्तान्तरण खेलकुदमन्त्री गहतराजद्वारा शाहीलाई
    images

    काठमाडौं 

    युवा तथा खेलकुदमन्त्री महेश्वरजंग गहतराजले फाप्ला अन्तर्राष्ट्रिय क्रिकेट मैदान एवं खेलग्राम पूर्वाधार निर्माण विकास समितिको अध्यक्षमा नियुक्त भएका सुवास शाहीलाई आज नियुक्तिपत्र हस्तान्तरण गरेका छन् ।

    faplagahatraj1654685017(1)_20220608163548.jpeg

     

    मन्त्रिपरिषद्को मंगलबार बसेको बैठकले शाहीलाई अध्यक्ष र कल्पना दियाकोटीलाई सदस्य पदमा मनोनीत गर्ने निर्णय  गरेको थियो । कार्यक्रममा मन्त्री गहतराजले फाप्ला अन्तर्राष्ट्रिय क्रिकेट मैदान नेपाली खेलकुदकै ‘ड्रिम प्रोजेक्ट’ भएकाले राम्रोसँग जिम्मेवारी बहन गर्न आग्रह गरे । 

    त्यस्तै अध्यक्ष सुवास शाहीले निर्धारित समयमा रंगशाला र खेलग्राम निर्माणको कार्य सम्पन्न गराउन आफू दिनरात मेहनत गर्ने प्रतिबद्धता व्यक्त गरे । शाहीले आगामी तीन वर्षभित्र अन्तर्राष्ट्रिय रंगशालाको निर्माण कार्य पूरा गरी सरकारलाई हस्तान्तरण गर्ने विश्वास व्यक्त गरे ।  

    राष्ट्रिय प्राथमिकताको फाप्ला अन्तर्राष्ट्रिय क्रिकेट मैदान निर्माण सुरु गर्न सरकारले फाप्ला क्रिकेट मैदान तथा खेलग्राम पूर्वाधार निर्माण विकास समिति आदेश-२०७९ जारी गरेको थियो ।

    Copyright © All right reserved to Bihanimedia Site By: SobizTrend