काठमाडौं १३ असार,
लगातार दुई खेल जित्दै भेनेजुएला कोपा अमेरिका-२०२४ को क्वाटरफाइनलमा प्रवेश गरेको छ । समूह बी अन्तर्गत बिहीबार बिहान भएको खेलमा मेक्सिकोलाई १-० ले पराजित गर्दै भेनेजुएलाले अन्तिम आठमा स्थान पक्का गरेको हो ।
क्यालिफोर्नियास्थित सोफी स्टेडियममा भएको खेलमा भेनेजुएलालका लागि सालोमन रोन्डोनले ५७औं मिनेटमा पेनाल्टीबाट गोल गरे । मेक्सिकोले खेलमा बराबरी गर्ने अवसर पाएपनि सदुपयोग गर्न सकेन ।
८७ मिनेटमा मेक्सिकोका ओर्बेलिम पिनेडाले हानेको पेनाल्टी प्रहार भेनेजुएलाका गोलकिपर राफेल रोमोले बचाए । लगातार दुई जितबाट भेनेजुएला ६ अंक जोडेर समूहको क्कीर्ष स्थानमा छ । उसले पहिलो खेलमा इक्वेडरलाई हराएको थियो ।



