खनाल : प्रधानन्यायाधीशविरुद्धको महाअभियोग तुरुन्तै पास गर्न ल्याइएको हाेइन

images
  • 150
    SHARES
  • जेठ २५, २०७९ बुधबार
    खनाल : प्रधानन्यायाधीशविरुद्धको महाअभियोग तुरुन्तै पास गर्न ल्याइएको हाेइन
    images

    काठमाण्डाै 

    नेकपा (एकीकृत समाजवादी) का सांसद झलनाथ खनालले प्रधानन्यायाधीश चाेलेन्द्रशम्शेर जबराविरुद्धको महाअभियोग प्रस्ताव तुरुन्तै पास गर्नका लागि नल्याइएको बताउनुभएको छ । 

    jhalanath_khanal._akTK94Vzc8.jpg

    आज बुधवार प्रतिनिधि सभा बैठकमा सहभागी भएर बाहिरिने क्रममा सञ्चारकर्मीहरूलाई प्रतिक्रिया दिँदै खनालले प्रधानन्यायाधीशविरुद्धको महाअभियोग प्रस्ताव तुरुन्तै पास गर्न नल्याइएको बताउनुभएको हो । 

    उहाँले प्रस्ताव दर्तापछि परिस्थिति हेर्दै क्रमशः टुङ्गोमा पुर्‍याउनका लागि महाअभियोग लगाइएको बताउनुभयो । उहाँले महाअभियोगलाई टुङ्गोमा पुर्‍याउका लागि अझै समय बाँकी रहेको बताउनुभयो । उहाँले भन्नुभयो, ‘यो प्रस्ताव तुरुन्त पास गर्न राखेकै होइन नि । यसलाई बिस्तारै एउटा टुङ्गोमा पुर्‍याउने हो । त्यसकारण समय अझै छ । समिति गठन भएको छ । समितिले माग गर्नुपर्‍याे अनि त्यसपछि प्रक्रिया अघि बढ्छ ।’

    पूर्वप्रधानमन्त्री खनालले महाअभियोग प्रस्तावको सम्बन्धमा संसदले गठन गरेको समितिले आफ्नो उत्तरदायित्व र जिम्मेवारी पूरा गर्नुपर्ने बताउनुभयो । 

    Copyright © All right reserved to Bihanimedia Site By: SobizTrend