भाजपाकाे निर्देशन सार्वजनिक ठाउँमा धर्मबारे बाेल्दा सचेत हुन शीर्ष नेतालाई

images
  • 101
    SHARES
  • जेठ २५, २०७९ बुधबार
    भाजपाकाे निर्देशन सार्वजनिक ठाउँमा धर्मबारे बाेल्दा सचेत हुन शीर्ष नेतालाई
    images

    भारतको सत्तारूढ दल भारतीय जनता पार्टी (भाजपा) ले सार्वजनिक ठाउँमा धर्मबारे बोल्दा अत्यन्त सचेत हुन आफ्ना शीर्ष नेतालाई निर्देशन दिएको छ । पार्टीका प्रवक्तासहित दुई नेताले मुसलमान धर्मका प्रवर्तक मोहम्मदबारे अपमानजनक टिप्पणी गरेको भन्दै कैयौँ मुस्लिम देशले विरोध गरेपछि भाजपाले यस्तो निर्देशन दिएको हो । 

    bjp_coagNBxfwj.jpg

    भाजपाले प्रत्यक्ष टेलिभिजन अन्तर्वार्तामा सहभागी हुने अनुमति पाएका पार्टीका तीस जनाभन्दा बढी पदाधिकारी र केही सङ्घीय मन्त्रीलाई धर्मसम्बन्धी प्रतिक्रियाका बारेमा मौखिक प्रशिक्षण दिएर सचेत हुन निर्देशन दिएको रोयटर्सले जनाएको छ । इस्लाम विरोधी टिप्पणी दिएकोमा विवाद बढेपछि भाजपाले प्रवक्ता नूपुर शर्मा र दिल्ली मिडिया सेल प्रमुख नवीनकुमार जिन्दाललाई पार्टीबाट निष्कासनसमेत गरेको छ । 

    मुस्लिम बाहुल्यता भएका देशहरूको विरोधका कारण भाजपाले सतर्कता अपनाउन सुरु गरेको अलजजिराले जनाएको छ । गएको हप्ता अमेरिकी विदेश मन्त्रालयले जारी गरेको वार्षिक प्रतिवेदन सन् २०२१ मा भारतभर अल्पसङ्ख्यक समुदायका सदस्यहरूमाथि आक्रमण भएको उल्लेख हुनुका साथै भाजपाका नेताबाट इस्लाम विरोधी टिप्पणी सार्वजनिक हुन थालेपछि मुस्लिम देशहरूसँग भारतको कुटनीतिक सम्बन्ध बिग्रन थालेको छ । 

    भारत सरकारले भने नेताको टिप्पणीमा भारत सरकारको भनाइ नजोडिने भन्दै सरकारले सबै धर्मप्रति समान व्यवहार गरेको दाबी गरेको छ । 

    Copyright © All right reserved to Bihanimedia Site By: SobizTrend