काठमाण्डाै
प्रतिनिधि सभा सदस्य कृष्णबहादुर राईले काठमाण्डाैकाे फोहर व्यवस्थापन गर्ने जिम्मेवारी सत्तारूढ गठबन्धनको भएको बताउनुभएको छ ।

आज बिहीवारको प्रतिनिधि सभा बैठकमा बोल्दै सदस्य राईले काठमाण्डाैकाे फोहोर व्यवस्थापनको जिम्मेवारी प्रधानमन्त्रीको मात्रै नभइ सत्तारूढ गठबन्धनकाे पनि भएको बताउनुभएको हो । उहाँले फोहोरमैला व्यवस्थापनको काममा जिम्मेवारीपूर्वक भूमिका निर्वाह गर्न गठबन्धनका शीर्ष नेताहरूको ध्यानाकर्षण पनि गराउनुभयो ।
उहाँले भन्नुभयो, ‘काठमाण्डाैकाे फाेहर व्यवस्थापन गर्ने जिम्मेवारी गठबन्धनकाे हाे । मैले मन्त्रालय र प्रधानमन्त्रीको मात्रै ध्यानाकर्षण गरिरहेको छैन । गठबन्धन सञ्चालन गर्ने नेतृत्वमा रहनुभएका जिम्मेवार व्यक्तिहरूलाई पनि याे जिम्मेवारी छ । तपाईँहरूले अविलम्ब फोहोरमैला व्यवस्थापन गर्नका लागि जिम्मेवारीपूर्वक भूमिका निर्वाह गर्न सक्नुपर्छ भन्ने कुरालाई म ध्यानाकर्षण गराउन चाहन्छु ।’
सांसद राईले फोहरको व्यवस्थापनका लागि काठमाण्डाै महानगरपालिकाका मेयरलाई उपमेयरकाे साथ हुने उल्लेख गर्दै संयमताका साथ अघि बढ्न मेयरलाई आग्रह गर्नुभयो ।



