महाधिवेशनकाे पूर्वसन्ध्यामा आज एमाले स्थायी कमिटी बैठक बस्दै

images
  • 160
    SHARES
  • मंसिर ६, २०७८ सोमबार
    महाधिवेशनकाे पूर्वसन्ध्यामा आज एमाले स्थायी कमिटी बैठक बस्दै
    images

    काठमाडौं, ६ मंसिर । महाधिवेशनमा होमिएको नेकपा (एमाले)को स्थायी कमिटी बैठक आज सोमबार बस्दैछ । बैठक अपराह्न ३ बजे तुलसीलाल स्मृति प्रतिष्ठान च्यासलमा बस्ने एमाले केन्द्रीय कार्यालय सचिव शेरबहादुर तामाङले जानकारी दिए ।

    3.jpg

    एमालेको १०औँ महाधिवेशन १०÷१२ मंसिरमा चितवनमा हुँदैछ । त्यसको पूर्वसन्ध्यामा स्थायी कमिटी बस्न लागेको हो । सचिव तामाङका अनुसार बैठकमा महाधिवेशन तयारीको समीक्षा र महाधिवेशन प्रतिनिधि मनोनयनबारे छलफल हुनेछ । 

    एमालेको १०औँ महाधिवेशनमा कुल प्रतिनिधिको पाँच प्रतिशत केन्द्रीय कमिटीले मनोनयन गर्ने व्यवस्था छ । जसअनुसार करिब एक सय महाधिवेशन प्रतिनिधि मनोनित हुनेछन् । 

    Copyright © All right reserved to Bihanimedia Site By: SobizTrend