देवघाट १४
विश्वमै पवित्र तिर्थस्थलको रूपमा परिचित तनहुँको देवघाटधाममा हरेक वर्ष श्रावण महिना भरि बोलबम मेला लाग्ने गर्दछ । श्रावणको महिनाभर देवघाटमा देश तथा विदेशबाट भक्तजनहरू स्नानसँगै पुजाआजा गर्न देवघाटधाममा आउने गर्दछन ।

गत वर्ष पनि बोलबम मेलामा धेरै भक्तजनहरू देवघाट आएका थिए तर यस वर्ष भने गत वर्षहरूमा भन्दा कम भक्तजनहरू भित्रीएका छन् । भक्तजनहरू कम भित्रीनुको मुख्य कारण वर्षातको समय र अस्ति भर्खरै सिमलतालमा भएको दु:खद घटना त्यस्तै गरि आज विहानै ठुलो वर्षादको कारणले गर्दा बोलबममा भक्तजनहरू कम भित्रीएको देवघाट क्षेत्र विकास समितिका अध्यक्ष भिम बहादुर रानाले बताए । उनले गत वर्षको तुलनामा यस वर्ष ६० प्रतिशत पनि भक्तजनहरू नभित्रिएको बताएका छन् ।

त्यस्तै गरि वर्षादको समय र नदिको बाहव बढ्दै गएकोले स्नान गर्दा सतर्कता अपनाउनको लागि देवघाट गाउँपालिका र क्षेत्र विकास समितिले जिङ्गल सहित सूचना दिइरका थिए । भने मेला व्यवस्थापनमा आवश्यक पर्ने स्थानमा उज्यालो बत्ती,देवघाटको वारीपारि कडा सुरक्षा व्यवस्थापन,पार्किङको व्यवस्था गरिएको रानाले बताए ।

त्यस्तै गरि बोलबम मेलामा स्नान गर्न आएका तिर्थयात्री बसुनधरा पोख्रेल पराजुलीले आफु हरेक वर्ष बोलबम मेला आएको बताउदैँ आफु आफ्नो पितृहरूको लागि र आफ्नो श्रीमानको लामो आयुको लागि देवघाट आउने गरेको बताए । बशुनधरम श्रावणको महिनामा शिव भगवानलाई खुसी पार्न सकियो भने आफ्नो जीवन सुखमय बित्छ भन्ने विश्वासले देवघाट आउने गरेको छु ।

श्रावण महिनालाई भगवान शिवको प्रिय महिना पनि भनिन्छ । श्रावणको महिनाभर देवघाटमा आफ्नो परिवारको खुसी,आत्मासन्तुष्टी र आफ्नो श्रीमानको दिर्घायुको लागि स्नान गर्न आउने गर्दछ । शिव भक्तहरूलाई यो पावन महिनाको अधीरता र आतुरतापूर्वक प्रतीक्षा रहन्छ । वास्तवमा यो महिना पवित्र ब्रतहरूको महिना हो ।




